तानसेन–बुटवल सडक खण्ड पुनः १५ दिन बन्द हुने

बुटवल– सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन–बुटवल सडक खण्ड पुनः १५ दिन बन्द हुने भएको छ ।

निर्माण व्यवसायीले अघिल्लो वर्षको ठेक्काको काम नसकेपछि सडक डिभिजन पाल्पाले पुनः राजमार्ग बन्द गरेर काम गर्न लागेको हो । सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले दिएको जानकारी अनुसार आजदेखि पुसको १३ गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गरेर काम सुरु गर्न लागिएको हो ।

रुपन्देहीको सिमाना तल्लो सिद्धबाबादेखि झुम्सा पुलसम्मको खण्डका तथा चर्चरे कालीमाटीदेखि गौडेपुलसम्म सडक चौडा गर्न र पहाड कटान गर्न रातको साढे नौ बजेदेखि बिहान साढे चार बजेसम्म सडक पूर्ण रुपमा बन्द गरेर काम गर्न थालिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

यसअघि पनि पटकपटक निर्माण व्यवसायीले काम नसकेको भन्दै सडक डिभिजनले दैनिक १५ घण्टासम्म सडक बन्द गरेको थियो । यसअघि दिउँसोमा पनि बन्द सडक बन्द गरेर काम गरिएकोमा अहिले भने दिउँसोको समयमा हुने सवारी चापलाई मध्यनगर गर्दै रातिमा काम गर्न लागिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.