कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदार झिनो मतले पराजित

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा भएको १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा समूहका खड्का र डा. शेखर कोइराला समूहका गुरुङ निर्वाचित हुनुभएको हो । खड्काले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१२१ मत र धनराज गुरुङ १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयकुमार गच्छदारले भने १९०६ मत प्राप्त गरेका झिनो मतअन्तरले पराजय भोग्नुभयो । चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.