कांग्रेसको पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सिंह विजयी

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी हुनुभएको छ ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गर्नुभएको थियो । मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.