दुई भोटले पराजित गच्छदारद्वारा पुन: मतगणना माग गर्दै निवेदन

काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिनुभएको छ ।
धनराज गुरुङले दुई मतान्तरले जीत हासिल गरेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
गुरुङ १९०८ मतसहित निर्वाचित हुँदा गच्छादारले १९०६ मत ल्याउनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्