नेपाल टेलिभिजनकर्मी राजेन्द्रलाई अन्तर्राष्ट्रिय वर्ष युवा पत्रकार अवार्ड

चितवन- नेपाल टेलिभिजनका जिल्ला संवाददाता राजेन्द्र आचार्यलाई दुबईमा अन्तर्राष्ट्रिय सामाजिक अवार्ड अन्तर्गत बर्ष युवा पत्रकार अवार्डबाट सम्मान गरिएको छ । पत्रकार आचार्य नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष समेत रहेका छन् ।

विगत डेढ दशक बढी समयदेखी चितवन पत्रकारितामा सक्रिय आचार्यलाई पत्रकारितामार्फत समाज रुपान्तरणमा खेलेको भूमिकाको उच्च मुल्याकंन गर्दै दुबईमा सम्मान गरिएको हो ।

एक समारोहको बिच क्रिएटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले अन्तर्राष्ट्रिय सामाजिक अवार्डमा बर्ष युवा पत्रकार अवार्डबाट सम्मानित गरेको थियो ।

क्रियटिभ मिडियाका अध्यक्ष सुनिल खड्का प्रमुख अतिथि वागमती प्रदेशका सांसद राजन दाहाल, एनआरएनएका प्रवक्ता डिबी क्षेत्री, एनआएनए दुबईका मनोज गोर्खालीसहितको टिमले कोभिड हिरो अवार्डसहित खादा, ढाका टोपी र सम्मानपत्रले सम्मानित गरेका थिए ।

आचार्य हाल पूर्वी चितवन पत्रकार संघको उपाध्यक्ष, प्रेस सेन्टर नेपाल चितवनको बरिष्ठ उपाध्यक्ष, राष्ट्रिय फोटो पत्रकार समुह चितवनको अध्यक्ष पदमा रही नेतृत्वदायी भूमिका मार्फत पत्रकारिताको विकास र प्रर्वद्धनमा सक्रिय छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.