संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृति समुदाय मिलेर बनेको राष्ट्र भन्दै उहाँले यस्तो बताउनुभएको हो । साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउने उहाँको भनाइ छ ।

‘हाम्रो मौलिक संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउँछ ।’

ज्यापु समाजको कार्यक्रममा बोल्दै उहाँले उपत्यकामा ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न योगदान गरेको उल्लेख गर्नुभयो । संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत प्रधानमन्त्री देउवाले जनाउनुभएको छ ।

‘ज्यापु समाजको छुट्टै मौलिकताले उपत्यकाको समाज विकासमा उल्लेखनीय योगदान गरेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न गरेको योगदान संरक्षणका लागि सरकार सहयोग गर्न प्रतिवद्ध छ ।’

उहाँले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको जस्तो भौगोलिक विधिधता र प्राकृतिक सम्पदा विश्वमै कतै नभएको उल्लेख गर्नुभयो । मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता निर्माणमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

कार्यक्रममा ज्यापु समुदायमा योगदान गर्ने समाजका विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको छ । ज्यापु संस्कृतिको संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले गरेको योगदानका लागि मेयर विद्यासुन्दर शाक्यलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.