काँग्रेस केन्द्रीय सदस्य (महिला खुला) र (मधेसी) तर्फकाे मतगणना जारी

काठमाडौं- नेपाली काँग्रेसकाे १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फकाे मतगणना जारी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव एवं अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार साेमबार बिहान १० बजेदेखि पुन: मतगणना सुरु भएको हाे ।

आइतबार राती पनि केन्द्रीय सदस्य (महिला खुला) र (महिला मधेसी) तर्फकाे मतगणना भएको थियाे ।

आज महिलाको चार र मधेसी खुला र महिलाकाे तीन समूहमा मतगणना भइरहेको छ । ‘ उहाँले बताउनुभयो

। काँग्रेसकाे खुला महिलातर्फ नाै पदका लागि ३० प्रतिस्पर्धी हुनुहुन्छ । यसैगरी महिला मधेसीतर्फ चार पदका लागि पाँच प्रतिस्पर्धी हुनुहुन्छ । काँग्रेस केन्द्रीय सदस्य मधेसी (खुला) पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.