काँग्रेस २ नम्बर प्रदेश अधिवेशन आजदेखि शुरु

काठमाडौँ- नेपाली कांग्रेस २ नबर प्रदेश अधिवेशनको आजदेखि शुरु भएको छ ।
महाधिवेशन अघि कृयाशील सदस्यता लगायतका विवादका कारण सम्पन्न हुन नसकी स्थगित गरिएको थियो ।
कार्यक्रम अन्तरगत आज उम्मेदवारको मनोनयन , मतदाताको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतको कार्यक्रम छ भने भोली मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश सभापतिका लागि धनुषाका रामसरोज यदव, रौतहटका पार्टी सभापति कृष्ण यादव र सिराहका नरेश यादव आकांक्षी हुनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्