एमालेको विरोधबीच दुई वटा अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकले दुई वटा अध्यादेश स्वीकृत गरेको छ ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
नेकपा एमालेका सांसदहरुको विरोधका बीच सञ्चालन भएको बैठकले बहुमतका साथ ती अध्यादेश स्वीकृत गरेको हो ।
प्रतिनिधि सभाको अर्को बैठक पुस ७ गते बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।






प्रतिक्रिया राख्नुहोस्