खेलाडीलाई सरकारले हौसला दिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गर्दै उहाँले सो कुरा बताउनु भएको हो । खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता प्रधानमन्त्रीले त्यस बखत बताउनु भयो ।

युवा तथा खेलकूद मन्त्री महेश्वरजङग गहतराजले फुटबल खेलले उत्कृष्टता प्राप्त गर्नसक्ने हुँदा यस खेलको विकास र विस्तारमा सरकारले ध्यान दिने बताउनुभएको थियो । गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।

सरकारले यसअघि घोषणा गरे अनुरुप खेलाडीलाई जनही पाँच लाख, तीन जना प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.