२४ घण्टामा २६० जना कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार २३३ पीसीआर नमुना परीक्षणमा २१७ जनामा र चार हजार एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार १८५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.