नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

धनुषा- नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापतिमा कृष्ण यादव प्रदेश सभापति पदमा विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव नेपाली कांग्रेसको प्रदेश २ सभापति निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार गएराति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो । तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत प्राप्त गर्नुभयो । पराजित रामसरोजले ८ सय ५५ मत ल्याउनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.