रौतहटमा जन्ती बोकेको जीप दूर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

रौतहट- रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३ जना घाइते भएका छ्न् ।

रौतहटको गढिमाइ नगरपालिका-३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा हिजो अपरान्ह करिब ४ बजे गौर चन्द्रपुर सडक खन्ड अन्तरगत जयनगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गढिमाइ नगरपालिका ३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ ३ कै अजि बुलाहको मृत्यु भएको छ ।

अजि बुलाहको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचजनाको घट्नास्थलमा मिर्त्यु भयेको थियो ।

घाइतेमध्ये १ जनाको बिरगन्जस्थित नेसनल मेडिकल कलेजमा र दुई जनाको गरुडास्थित ग्रान्डी अस्पताल उपचार भैरहेको छ । तीब्र गतिमा रहेको जीप बिजुलीको खम्बामा ठोक्किरए दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भन्डारिले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.