महिला भलिवलको उपाधी विजेता नेपाली टोलीलाई नगद पुरस्कार दिइने

काठमाडौं- सरकारले बंगलादेशमा सम्पन्न एभीसी एशियन सिनियर सेन्ट्रल जोन महिला भलिवल च्यालेन्ज कपको उपाधी विजेता नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले उपाधी विजेता १२ जना खेलाडीलाई जनही रु ५ लाख, दुई जना प्रशिक्षकलाई ३-३ लाख रुपैयाँ तथा एकजना अफिसियल्सलाई २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

नेपालले बंगलादेशको ढाकामा गत मंगलबार भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३-२ को रोमाञ्चक तथा संघर्षपूर्ण सेटमा जीत निकाल्दै उपाधी रक्षा गरेको थियो ।

यसअघि पनि नेपालले २०१९ मा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै पहिलोपटक उपाधी हात पारेको थियो । नेपाली टोली आज स्वदेश फर्कन कार्यक्रम रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.