एमालेका पूर्वसांसद रायमाझीसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश

पाल्पा- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरु समाजवादीमा प्रवेश गर्नुभएको हो ।

एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्य समेत रहेका रायमाझीले पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिनुभयो ।

नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान अनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारण विपरित सञ्चालन गरेकोले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.