सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौं- सत्ता साझेदार दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल हुने बैठकको प्रमुख एजेन्डा रहेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार आज बस्ने गठबन्धन दलको बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता साझेदार दलबीच कसरी उम्मेदवारी दिने भन्ने विषयले प्रवेश पाउने छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावी रणनीतिबारे बैठकले अन्तिम टुङ्गो लगाउने बताइएको छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी एमालेले संसद् अवरुद्ध गर्दै आएको विषयले पनि बैठकमा छलफल हुने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.