पाल्पामा जिप दुर्घटना, ५ जना घाइते, २ को अबस्था गम्भीर

पाल्पा- पाल्पामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

आज विहान पूर्वखोला गाउँपालिका वडा नं ६ को लाकुरीस्थित हेक्लाङ्गदेखि तानसेनतर्फ आउँदै गरेको लु १ ज २६०७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि करिब एक सय ५० मिटर तल खसेको थियो । घाइतेमध्ये दुईजनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

घाइते हुनेमा पूर्वखोला गाउँपालिका वडा नं ६ का ३० वर्षीय टेकबहादुर पल्ली, सोही स्थानका २८ वर्षीय पुर्ण बहादुर फाल, १९ वर्षीय चिरन्जीवी सारु, २९ वर्षीय प्रेम सिंजाली र ४६ वर्षीय पबीसरा सारु रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालका उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

हिजो मात्र पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको घटनास्थल मै मृत्यु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.