स्थानीय तहको प्रस्तावित निर्वाचन मिति परिवर्तन गर्न मुस्लिम आयोगको पत्र

काठमाडौं– मुस्लिम आयोगले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्तावित गरेको मिति परिवर्तन गर्न पत्र पठाएको छ ।

मुस्लिम आयोगका सचिव रेखा दासले निर्वाचन आयोगलाई पत्र लेख्दै वैशाख १४ र २२ का लागि प्रस्ताव गरिएको मितिमा रमजान रहने भएकाले पर सार्न पत्र पठाउनुभएको छ । आयोगले वैशाख २० गतेसम्म रमजान महिना पर्व रहेकोसमेत जनाइएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रस्तावित मितिबारे आयोगका पदाधिकारीलाई मौखिक ध्यानाकर्षणसमेत गराइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.