प्रतिनिधि सभा बैठक फेरि रोकियो

काठमाडौं- प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक फेरि स्थगित भएको छ ।

संघीय संसद सचिवालयले पुस २२ गते बोलाइएको बैठक पुस २८ गते बस्ने जनाएको छ ।

पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । एमालेले देशभर पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएकाले बैठक रोकिएको हो ।

पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले महाधिवेशनका कारण रोक्न माग गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.