देशभर ८ लाख ४९ हजार भन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौँ- मुलुकभर ८ लाख ४९ हजार ७५३ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्नकालागि सञ्चालन गरेको विशेष अभियानमा सबैभन्दा बढी प्रदेश २ मा २ लाख २९ हजार मतदाता थपिएका छन् । रुपन्देहीमा ४७ हजार, धनुषामा ३८ हजार ५ सय, सप्तरीमा ३३ हजार, सिरहामा ३० हजार, महोत्तरीमा २९ हजार र काठमाडौ जिल्लामा ३२ हजार मतदाता थपिएको आयोगले जनाएको छ ।

आयोगले मंसिर १७ गतेदेखि पुष १९ गतेसम्म स्थानीय तहको केन्द्रलाई आधार मानी मतदाता दर्ता विशेष कार्यक्रम सञ्चालन गरेको थियो ।

अभियान सकिएपनि देशभरका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली स‌ंकलनको कार्य जारी रहनेपनि आयोगले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.