प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा पर्नुभएका प्रधानमन्त्रीको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उहाँको कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पौडेल हाल होम आइसोलेसनमा बस्नुभएको र दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.