गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा

काठमाडौं– नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले दाहालले राजीनामा दिनुभएको पुष्टि गर्नुभयो ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले समिति बनाएलगत्तै दाहालको राजीनामा आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.