कोरोनाको संक्रमण ह्वात्तै बढ्यो : पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो संख्या पछिल्ला केही महिना यता कै सबैभन्दा धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित नेपालमा अब ११ हजार ६ सय  ९० जना कोरोनाका संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यही अबधीमा २७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.