बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुग्ने !

कोभिड-१९ विरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघ अन्तर्गतको स्वास्थ्य सम्बन्धी नियामक निकायले चेतावनी दिएको छ ।

हरेक चार महिनामा बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने युरोपेली मेडिकल नियामक निकायले जनाएको छ ।

लामो समयको अन्तरमा मात्रै बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका छन । ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोभिड-१९ बाट नागरिकको रक्षा गर्न दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।

अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.