सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं कांग्रेस दैलेखका पूर्वउपसभापति कर्णबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको बताउनुभएको हो ।

सभापति देउवाले शाहीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति आफ्नो र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । विसं २००५ जेठ १५ मा जन्मनुभएका शाहीको आज नारायण नगरपालिका–१ स्थित आफ्नै निवासमा निधन भएको हो ।

कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका स्व शाही विसं २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साविक बासी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । शाहीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.