अष्ट्रेलियामा तापक्रम वृद्धिको नयाँ रेकर्ड

अष्ट्रेलियामा तापक्रम वृद्धिको उच्च रेकर्ड कायम भएको छ । सन् १९६२ मा दक्षिण अष्ट्रेलियामा मापन गरिएको ५० दशमलव ७ डिग्री सेन्टिग्रेड तापक्रम बराबर उत्तरी अष्ट्रेलियाको अनस्लोमा पनि हालै त्यत्ति नै तापक्रम मापन गरिएको छ ।

आज अनस्लोमा तापक्रम अझै केही बढ्ने अनुमान गरिएको छ । पछिल्लो समय तापक्रम बढ्नुको मुख्य कारण गत महिना ठूलो मात्रामा लागेको बन डढेलो रहेको बताइएको छ ।

वन डढेलोका कारण अष्ट्रेलियामा झण्डै ६ हजार हेक्टर जमिनमा विनास भएको थियो । पछिल्लो समय लगातार रुपमा तापक्रम वृद्धिका कारण अष्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । तापक्रमवृद्धिले यस अघि सन् १९६२ मा बनाएको रेकर्ड पुनः कायम भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.