प्रधानमन्त्री नियमित काममा

काठमाडौं– एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारबाट नियमित काममा निस्कनुभएको छ ।

शुक्रबारलाई मन्त्रिपरिषदको बैठक पनि बोलाइएको छ भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने अरु कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता जनाउने कार्यक्रम छ ।

बिहीबार गरिएको कोभिड परीक्षणमा पनि प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको छ भने यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो ।

गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बस्नुभएका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमा सँगै सहभागी हुनुभएका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरुमा कोभिडको लक्षण देखिएपछि प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बस्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.