जीप दुर्घटनामा चारको मृत्यु

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा हिजो साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.