अमेरिका र क्यानडाका केही भागमा उच्च हिमपात सहितको हिमआँधीको सम्भावना : हजारौं उडानहरु रद्द

अमेरिका र क्यानडाका केही भागमा उच्च हिमपात सहितको हिमआँधी नै आउन सक्ने भन्दै नागरिकहरुलाई चेतावनी दिइएको छ ।

बाक्लो हिमपातका कारण अमेरिका र क्यानडाका दक्षिण पूर्वी राज्यहरुमा हजारौं उडानहरु रद्द गरिएका छन् । कयौं घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ ।

अमेरिकाका भर्जिनिया, उत्तरी र दक्षिणी क्यारोलिना राज्यले संकटकालको घोषणा गरेका छन् । हिमपात र हिमआँधीबाट अमेरिकाका पूर्वी राज्यहरु विगत दुई दिनदेखि बढी प्रभावित भएका छन् । हिमपात र हिमआँधीले न्युयोर्क शहर र कनेक्टिकट राज्यका केही भागहरु सडक र अन्य पूर्वाधारमा समेत असर गर्न सक्ने भन्दै सचेत गराइएको छ ।

न्युयोर्कसँग सीमाना जोडिएको क्यानडाको ओन्टारियो राज्य हिमपात र हिमआँधीबाट बढी प्रभावित भएको छ । स्थानीय समय अनुसार क्यानडाको ओन्टारियोमा आइतबार विहान हिमआँधी आउन सक्ने भन्दै सचेत गराइएको छ ।

क्यानडाका टोरन्टो लगायतका केही ठूला सहरमा ७ इन्चसम्म हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । खराब मौसमका कारण अमेरिकी एयरलाइन्सले २ हजार ४ सयभन्दा बढी उडानहरु रद्द गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.