काभ्रेमा मास्क बाँड्दै प्रमुख जिल्ला अधिकारी

काभ्रे- पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि प्रशासनले सार्वजनिक सवारी साधन र चोकहरुमा व्यवसाय गर्ने साना व्यापारिहरुलाई अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ ।

काभ्रेको प्रमुख जिल्लअधिकारी हुमकला पाण्डे नेतृत्वको टोलीले आज बनेपास्थित चारदाबोटो चोकमा पनौती र धुलिखेलबाट काठमाडौं जाने सार्वजनिक यात्रुबसहरुका चालक, सहचालक र यात्रुहरुले मास्क र स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्दै सबैलाई अनिवार्य मास्क प्रयोग गर्न निर्देन दिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी पाण्डे, सहयाक प्रमुख जिल्लअ अधिकारी अमरदीप सुनुवार, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रमिला श्रेष्ठ र ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईराला लगायतको टोलीले बनेपाहुँदै काठमाडौं जाने र काठमाडौंबाट बनेपा हुँदै विपि र अरनिको राजमर्गा भएर चल्ने सार्वजनिक सवारी साधनहरुका साथै चोकमा व्यवसाय गर्न बसेका साना व्यापारिहरुलाई समेत अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ । सो क्रममा अधिकांश यात्रु र सार्वजनिक स्थलमा हिडडुल गर्ने सर्वसाधारणले मास्कको प्रयोग नगरेको पाएको छ ।

विना मास्क व्यवसाय गर्ने र हिडडुल गर्ने सर्वसाधारण अनविार्य मास्कको प्रयोग गर्न निर्देशन दिदै अब विना मास्क हिडडुल गरेको पपाईएमा कानुन बमोजिम कार्वाही हुने समेत सचेत गराएको छ ।

सो क्रममा विना मास्क व्यवसाय गर्ने साना व्यवसायि र सार्वजनिक स्थलमा हिडिडुल गर्ने सर्वसाधारणहरुलाई मास्क समेत तिरण गरेको थियो । मंगलवारसम्ममा काभ्रे जिल्लामा ६२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.