सर्वदलीय बैठक अनिश्चित

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको छ ।

बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक थप गृहकार्यपछि मात्रै बस्ने सत्तारुढ दलका नेताहरुले बताउनुभएको छ ।

बैठक निर्वाचन आयोगले स्थानीय तहको मिति घोषणा गर्न दिएको सिफारिसबारे केन्द्रित रहने बताइएको थियो ।

सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्रीले छलफल सुरु गर्नुभएको छ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाली आगामी जेठमा सकिँदैछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.