भारतमा कोरोना संक्रमणमा कमी

नयाँ दिल्ली– भारतमा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा थप ३ लाख ३७ हजार ७०४ जना सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीका अनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन ३ लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ । भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या २ लाख ४२ हजार ६७६ रहेको छ ।

भारतमा अहिलेसम्म ४ लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.