सडक छेउकै नालामा खसेर गैंडाको मृत्यु
ईश्वर जोशी

चितवन- चितवनको गोन्द्राङमा नालामा खसेर दुर्लभ एक सिगे गैडाको मृत्यु भएको छ ।
हिजो दिउँसो करिब ३ बजे पुर्ब-पश्चिम राजमार्गको छेउमा रहेको नालामा गैंडा खसेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यहाँ भरतपुर माहानगर पालिकाले ६ लेन सडक बनाउने काम गरिरहेको छ । सोही स्थामा गैंडा सडक पार गर्न खोज्दा खसेको हुन सक्ने निकुञ्जले जनाएको छ ।
बन्यजन्तुको करिडोरको रुपमा रहेको बरण्डाभार जंगलबाट गैंडा लगाएतका बन्यजन्तुहरु सडक वारपार गर्ने गर्दछन ।
यो गैंडाको खाग खुर निकालेर गैडालाई गाड्ने काम भएको छ ।
सडकको छेउमा नै दुर्लभ गैंडा नालामा खसेर मरेपछि गैंडा हेर्नेहरुको घुईंचो लागेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्