कोरोना जोखिममा पनि मकरमेला भर्नेको भिड (फोटो फिचर)

काभ्रे– पनौतीको त्रिवेणीघाटमा माघ एक गते देखि सुरु भएको १२ वर्षे मकरमेला भर्नेको भिड लागेको छ । कोरोना जोखिम कारण सुरु सुरुमा न्युन रहेको माघ २० यता दैनिक ५० हजार हाराहारीमा भक्तजनहरु पनौती आउने गरेका मकरमेला मूल आयोजक समितिले जनाएको छ ।

आयोजकका अनुसार बिदाको दिनमा १ लाखभन्दा बढी भक्तजनहरु आउने गरेको बताउँछन् । पनौतीमा मकरमेला भर्न आउने दर्शनार्थीका कारण दिउँसभर जसो बनेपा पनौती यातायात अस्तव्यस्त रहने गरेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ ।

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडामा रहेको गोरखनाथलाई चढाउनले ठूलो पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको कारण मकरमेलामा भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.