कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ- नेपाली कांग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारी सम्बन्धमा सभापतिको उपस्थितिमा पदाधिकारीबीच आज छलफल हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

कार्यसम्पादन बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूचि तय भएको जानकारी पनि उहाँले दिनुभयो ।

कांग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक प्रवक्ता पदाधिकारी छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.