वर्डफ्लु भित्रन नदिन काभ्रेमा उच्च सतर्कता

काभ्रे- वर्डफ्लु भित्रन नदिन काभ्रेमा उच्च सतर्कता अपनाइएको छ । उपत्यकासहित केही जिल्लामा बर्डफ्लू देखिएपछि कुखुरा उत्पादनमा मुलुककै दोस्रो जिल्ला काभ्रेले मुख्य नाकामा पन्छीहरुको चेकजाँचलाई कडाइ गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र बनेपा नगरपालिकाले व्यवसायी तथा सरकोकार वालाहरुसँग अन्तर्कृया गरेको छ । उपत्यकासँग जोडिएको बनेपा नगरपालिकाले साँगा र नालाबाट पशुपक्षी लिएर भित्रने र बाहिरिने सवारी साधनको चेकजाँच गर्ने तयारी गरेको छ ।

बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले उपत्यकाका विभिन्न स्थानमा देखिएको वर्डफ्लु काभ्रे जिल्लाको बनेपा नगरपालिकामा भित्रन नदिन आवश्यक तयारी सुरु गरेको बताउनू हूर्दै ‘नागरिकको स्वास्थ्य र ब्यवसायीहरुको हितका लागि सचेत रहेको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले वर्डफ्लु नियन्त्रणका लागि नगरपालिकाले पूर्व तयारी गरिसकेको बताउनु हूर्दै बनेपा नगरपालिकाको तयारीले मात्रै वर्डफ्लु नियन्त्रण असम्भव हुने बताउनु भयो । बनेपा नगरपालिकाले साँगा र नालामा क्वारेनटाइन राख्यो भने पनि अन्यत्र नाकाहरू खुल्ला भएकाले वर्डफ्लु नियन्त्रणका लागि अरु पालिकाले पनि तयारी गर्नु पर्ने बताउनु भयो ।

भेटेरिनरी अस्पताल धुलिखेलका प्रमुख डा. मोलप्रसाद शाहले जिल्लामा विभिन्न नाकाहरू भएकाले सचेत रहन अनुरोध गर्नु भयो । बिपी राजमार्गको मंगलटार, पनौतीको रयाले मानेदोभान, रविओपी, नाला, दोलालघाट, साँगा लगायतका क्षेत्रमा सतर्कता अपनाउनु पर्ने डा. शाहले बताउनु भयो । मानिसमा सङक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लू देखिएकाले उच्च सवाधानी अपनाउन डा. शाहले अनुरोध गर्नुभयो ।

पन्छीहरु पालिएको खोर सँधै सफा राख्ने र समय–समयमा निसंक्रमण गर्न, खोर सफागर्दा मास्क, बुट र पञ्जा लगाउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.