खण्डहर बस्तीहरु….
धादिङ- सुविधायुक्त बसाइको खोजीमा मानिसहरुले गाउँ छाडेपछि धादिङका दर्जनौ गाँउहरु अहिले खण्डहरमा परिणत भएको छ ।
पहिले हराभरा भएको गाँउका बस्तिहरु अहिले सुनसान र सब घरहरु खाली भएका छन । गाँउका टोलटोल नै खाली हुँदै जना थालेपछि अहिले बसोवास गर्दै आएकाहरुलाई समेत समस्या पर्ने गरेको गुनासो रहेको छ ।
यसोको बेलैमा नियन्त्रण नगर्ने हो भने ग्रामिण बस्तिहरु अझै धेरै खाली हुने देखिन्छ ।
बढ्दो आधुनिकिकरणसँगै मानिसहरु शहर केन्द्रत हुन थालेपछि धादिङका कयन गाउँहरु अहिले खण्डहर जस्तै बनेको छ ।
मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहहरुले गाँउ विकासका लागि विजुली बत्ती पिउने पानीलगाएत सडक सुविधा पुर्याएको भए पनि गाउँ छाड्ने क्रम भने धादिङमा बढ्दो रहेको छ ।
जस्ले गर्दा हजारौ रोपनी जमीन बाँझै बस्ने गरेको छ,भने मानिसहरुले तेस्रो मुलुकबाट आयात गरेको खाद्य बस्तु उपभोग गर्न बाध्य भएका छन् ।
यस्तै अवस्थामा अहिले धादिङको नीलकण्ठ नगरपालीका क्षेत्रको ग्रामिण बस्तिहरु पनि परेका छन ।
गाउँका सबै जनाले घर छाड्दै हिँडेपछि टोल नै खाली हुँदै गएको बताउँदै अब खेतीपातीका लागि पर्मदेखि सबै कुराको समस्या हुन थालेको स्थानीयबासीको भनाइ छ ।
धादिङको डम्वर डाँडाका स्थानीयका अनुसार टोल टोल नै खाली हुँदै गइसक्यो सबै बजार केन्द्रित भयो गाउँमा को बस्ने पहिले मिलेर बसेको छरछिमेक अब कोही छैन ।
आफ्नो टोलमा भएका सबै घर खाली भयो पहिले हराभरा भएको गाँउ खण्डहर जस्तै भयो- स्थानीयबासीको भनाइ छ ।
डम्वर डाँडामा रहेको २३ घर परिवार मध्य अहिले जम्मा दुई घर परिवार मात्र त्यहाँ छन । अरुले गाँउको बसाइ छाडेर गइसकेका छन ।
यस्तै विभिन्न बहानामा अरु धेरै गाउँका बस्तिहरु विस्तारै खाली हुँदै गएको छ ।
स्थानीय सरकाले सडक सुविधा पुर्याएको भएपनि गाउँमा नै स्वास्थ्य र शिक्षाको राम्रो अवस्था नभएकोले पनि गाउँ छाड्ने क्रम बढेको उनीहरुको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्