एमसीसीमा गठबन्धन बैठक फेरि अनिर्णीत

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।

बिहीबार साँझ बालुवाटारमा झण्डै तीन घण्टा बैठक बसेको थियो ।

गठबन्धनमा सहमति नहुँदा शुक्रबार टेबुल गर्ने/नगर्ने अन्यौल भएको छ । बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् ।

एमसीसीमा सहमति खोज्न बिहीबार बिहान प्रधानमन्त्री शेरबादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

बिहीबार नै सिंहदरवारमा दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको थियो ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा,  कानून मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.