धादिङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

धादिङ- धादिङको कालुपाण्डे मार्गस्थित मलेखु सिद्धलेक गाउँपालीकाको बुङ्गचुङ खण्डमा पर्ने मावि खोला नजिकै मोटर साईकलले ठक्कर दिंदा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृतक सिद्धलेक निवासी मुक्ती सिग्देल रहेको प्रहरीले जनाएको छ । विहान मर्निङवाकमा गएका सिक्देललाई बा ३४ प ५०५२ नम्वरको मोटर साईकलले ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको हो ।

मोटर साईकल चालक फरार रहेको पनि प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले सो क्षेत्रमा दुबैतर्फ सवारी आवागमन ठप्प बनाएको छ । फरार रहेका मोटरसाईकल चालकको खोजी भई रहेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.