आशापुरी ढुंगाखानीमा पुरिएर एक जनाको मृत्यु, दुईजना घाईते

काभ्रे– काभ्रेको बनेपा नगरपालिका वडा नं. १४ आशापुरीस्थित ढुंगाखानीमा माथिबाट खसेको पहिरोले पुरेर एक जनाको मुत्यु हुनका साथै दुई जना घाइते भएका छन् ।

आशापुरी रोडाढुंगा सप्लायर्स प्रा.लिले सञ्चालन गरेको खानीमा हिजो दिउँसो लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले पुरेर रामेछाप दोरम्बा सैलुङ गाउँपालिका-४ घर भई हाल भक्तपुर ठिमि बस्ने ३२ वर्षीय श्याम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मुत्यु भएका मगर प्रदेश ३–०२–००३ क ५७४८ नं. को टिफर चालक हुन् । मगरको पुरिएको अवस्थामा शव निकालेको हो ।

घटनामा परी काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १४ आशापुरीका सिन्दमान तामाङ र खोटाङ जिल्ला खोटाङ गाउँपालिका घर भई हाल आशापुरीमा बस्दै आएका रमेश सार्की घाईते भएका छन् । अवस्था मध्यम रहेका उनिहरु दुवैको भक्तपुस्थित भक्तपुर अस्पतालमा उपचार भईरहेको छ ।

सुक्खा पहिरो खसी दूई स्काईभेटर, तीन टिफर र एक निशान गाडी पुरीएको छ । स्थानीय पाँच जनाको नाममा रहेको ७५ रोपनी जग्गा र सप्लायर्सको नाममा रहेको ६५ रोपनी जग्गामा विगत तीन बर्षदेखि सो क्षेत्रमा खानी सञ्चालन गर्दै आएको छ ।

घटना लगतै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखबाट घटनाको विषयमा जानकारी लिन घटनास्थल पुग्नु भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.