स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिने

काठमाडौं- स्थानीय तह निर्वाचनमा सहभागी हुन ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८० वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । यद्यपि, आयोगमा ११० वटा राजनीतिक दल दर्ता छन् । जसमा ८० वटा दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् ।

आयोगले फागनु ५ देखि १५ गते आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । आयोगका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त नेकपा ९एमाले०, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग दिन निवेदन दिएका छन् ।

दल दर्ताका लागि निवेदन दिने समय सकिएको र अब राजनीतिक दलले बुझाएको कागज कानुन बमोजिम छ कि छैन त्यसबारे छानबिन गरेर मात्र आयोगमा दर्ता गर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.