१८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकभर थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको छ ।

नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.