एमसीसी ठीक छ : पूर्वसभामुख घर्ती

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले अमेरिकी सहयोग परियोजना एमसीसीमा पार्टीको निर्णय ठीक रहेको बताउनुभएको छ ।

माओवादी केन्द्रीय समितिको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै घर्तीले एमसीसीमा ब्याख्यात्मक घोषणापछि आशंकाहरु अन्त्य भएको बताउनुभयो । उहाँले एमसीसी जस्ताको तस्तै पास नगरेको उल्लेख गर्दै जनताको आशंकाहरु ब्याख्यात्मक घोषणामार्फत स्पष्ट पारिएको जानकारी दिनुभयो ।

घर्तीले एमसीसीमा नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको असन्तुष्टि जायज रहेको बताउँदै उहाँहरुको विचारलाई पार्टीले सम्मान गर्ने जानकारी दिनुभयो ।

एमसीसीबारे समय अभावका कारण केन्द्रीय समितिमा छलफल नभए पनि शीर्ष नेताहरुबीच प्रयाप्त छलफल भएको घर्तीको भनाइ छ ।

केन्द्रीय समिति बैठक जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.