१२६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

७०९१ जनाको पिसीआर परीक्षण गर्दा १११ जना र दुई हजार १८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन ।

हाल सात हजार २४२ सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.