२४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ पीसीआर परीक्षणमा ७४ जना र २ हजार ७५६ एन्टिजेन परीक्षणमा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट हालसम्म ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ सय ४८ रहेको छ ।

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.