ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी, एकजनाको मृत्यु
ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । आगलागीका कारण ग्यास पड्किदा ६५ वर्षिय जुडीमाया लिम्बुको मृत्यु भएको छ ।
कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट सो घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।
फुङलिङ नगरपालिकाको दमकल ,नेपाली सेना र स्थानीयको सहयोगमा करिब १ घन्टा पछि आगो नियन्त्रणमा लिइएको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घर समेत जोखिममा परे पनि आगलागी नियन्त्रणमा आएसँगै सो जोखिम भने टरेको छ ।-







प्रतिक्रिया राख्नुहोस्