यूट्युब च्यानललाई नियन्त्रण गर्न खोजिएको छैन- सञ्चारमन्त्री

संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले युट्युव च्यानललाई नियन्त्रण नभइ नियमन र थप मर्यादित बनाउन सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ को ११ औं संशोधन गरेको बताउनु भएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले दर्ता शुल्कको वारेमा थप छलफल गर्न सकिने बताउनु भयो । सो अवसरमा मन्त्री कार्कीले काठमाडौंको फोहर व्यवस्थापनका लागि बन्चरेडाँडाका स्थानीयको समस्या समाधान गर्न स्पेशल र्‍यापिड टास्कफोर्स गठन गर्न लागिएको पनि जानकारी दिनु भयो ।

हिजो वसेको मन्त्रिपरिषदको वैठकले स्थानीयको समस्या अनुगमन र समाधानका लागि स्थानीय र स्थानीय जनप्रतिनिधिहरु सम्मिलित टास्क फोर्स गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

वैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । त्यसैगरी श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री कृष्णकुमार श्रेष्ठलाई युएइ, कतार र सेसेल्सको भ्रमण गर्न अनुमति दिने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा साउदी अरेवियाका परराष्ट्रमन्त्रीले फागुन ३० गतेदेखि चैत्र १ गतेसम्म नेपालको भ्रमण गर्न लागेको पनि जानकारी दिइएको थियो ।

त्यसैगरी मन्त्रिपरिषदको वैठकले औद्योगिक व्यवसाय नियमावली २०७८, सार्वजनिक खरिद नियमावली २०७८ ११ औ संसोधन २०७८ स्विकृत गरेको । विहीवार वसेको मन्त्रिपरिदषको वैठकले फोहरमैलासम्बन्धि कानूनको मस्यौदा तयार गर्न संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयलाइ सहमति दिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.