प्रधानमन्त्री देउवाद्वारा भारतप्रति आभार व्यक्त

काठमाडौं- युक्रेनमा रहेका नेपालीलाई उद्दार गर्न सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय सरकारलाई धन्यवाद दिनुभएको हो ।

भारतले युक्रेनमा रहेका भारती नागरिकको उद्दार गर्ने क्रममा ४ जना नेपालीलाई पनि उद्दार गरेको र ती नेपाली नेपाल आइपुगेको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जानकारी गराउनुभएको छ ।

रसिया युक्रेन द्वन्द्वका कारण युक्रेनमा रहेका नेपालीहरु पनि समस्यमा परेका छन् । उनीहरुलाई उद्दार गर्न तथा सुरक्षित राख्न नेपाल सरकारले विभिन्न तरिकाहरु कार्यान्वयन गरिरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.