समस्या समाधान गर्ने पार्टी एमाले हो : अध्यक्ष ओली

पर्सा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गर्नुभएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उहाँले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गर्नुभयो ।

जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “जनताका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने पार्टी एमाले हो ।”

वर्तमान अवस्थामा एमाले प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै उहाँले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीले दाबी गर्नुभयो ।

नगर प्रमुख सरावगी जनता समाजवादी पार्टी (तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल) बाट निर्वाचित हुनुहुन्थ्यो ।

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले यस अगावै जसपाभित्रका केही नेता र कार्यकर्ताले आफूलाई अप्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.