रुसी आक्रमणबाट १ हजार ३०० युक्रेनी सैनिकको मृत्यु- जेलेन्स्की

युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन सम्ममा १ हजार ३ सय जना युक्रेनी सेना मारिएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताउनु भएको छ ।

शनिवार निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएको बीबीसीले जनाएको छ । जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन् ।

युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उनीहरूबीच शनिवार ७५ मिनेट लामो टेलिफोन वार्ता भएको जर्मन चान्सलार सोल्जका प्रवक्ताले बताएका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रुससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताउनु भयो ।

यसै गरी रुसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन् । राष्ट्रपति जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस आतङ्कको नयाँ चरणमा अघि बढेको आरोप लगाउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.